December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

देशभर १ हजार ४४२ जना काेराेना संक्रमित थपिए

  • 5
    Shares

काठमाडौं – बुधबार देशभर १ हजार ४४२ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ३८ जना रहेका छन् । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जनामा काेराेना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज भएका छन् भने हालसम्म कुल निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेका छन् ।

नेपालमा काेराेना संक्रमितको कुल संख्या भने २ लाख १२ हजार ९१७ पुगेको छ । हाल संक्रमण निको हुने दर ८५.८ प्रतिशत रहेको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको