October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

नेकपा सचिवालय बैठक सकियो, १० दिनपछि पुनः अर्को बैठक बस्ने

काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बै‌ठक १० दिनपछि पुनः बस्ने निर्णय गर्दै सम्पन्न भएको छ । कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार बुधबार दिउँसो १ बजेपछि बसेको बैठक भर्खरै सम्पन्न भएको हो ।


सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताइएको छ । योसँगै बैठक १० दिनका लागि स्थगित भएको छ ।

अब सचिवालय बैठक मंसिर १३ गते साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको