December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

पद्धतिको पालना नै समस्याको समाधान हो त्यसैले बैठकबाट समाधान खोज्नुपर्छ: डा रावल

  • 6
    Shares

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले पार्टीभित्र देखिएका अहिलेका सबै समस्याको समाधान बैठकबाट खोजिनुपर्नेमा जोड दिएका छन् ।

उनले फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि नलागौं भनेर अपिलसमेत गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. रावलले यस्तो भनाई राखेका छन् ।

उनले टुइटरमा लेखेका छन्-“नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ।फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।”

शीर्ष समाचार

धेरै पढिएको