December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

  • 7
    Shares

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

आजको बैठकमा यसअघिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल हुने बालुवाटार स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावमाथि जवाफ दिने छन् । आजको बैठक केही क्षण बसेर स्थगित् गर्ने तयारी गरिएको छ । 

नेकपाभित्रको विवाद चर्किदै गएपछि मंगलबार दिनभर नेताहरुको दौडधुप बढेको थियो भने राष्ट्रपतिले समेत चासो देखाउँदै ओली र प्रचण्डसँग छलफल गरेकी थिइन् । 
 

शीर्ष समाचार

धेरै पढिएको