December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सर्यो

  • 15
    Shares

काठमाडौं, आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सारिएको छ । केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ ।

शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । त्यही समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

ओलीले यसअघिदेखि नै आजका लागि तोकिएको सचिवायल बैठक सार्नुपर्ने अडान लिइरहेका छन् । महासचिव विष्णु पौडेलमार्फत ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई सचिवालयमा पेस भएको आफूविरुद्धको प्रस्ताव फिर्ता लिन र बुधबारको बैठक सार्न आग्रह गरेका थिए । तर दाहाललले सचिवालय बैठक बुधबारै राख्नुपर्ने अडान दोहोर्‍याएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको