December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

दुई अध्यक्ष मिल्न प्रचण्डलाई राष्ट्रपति भण्डारीको सुझाव

  • 42
    Shares

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालबिच आज  भेटवार्ता भएको छ । नेकपाको विवाद चर्किएको बेला मंगलबार साँझ अध्यक्ष दाहाल शितल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

मंगलबार राष्ट्रपति भण्डारीलाई भेटेर प्रचण्ड  फर्किएको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको छ । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले पार्टी विभाजन नगरी दुई अध्यक्ष मिल्न दाहाललाई सुझाव दिएकी छन् । प्रचण्डसँगको भेटमा राष्ट्पति भण्डारीले देशको समसामयिक विषयका साथै पार्टीभित्रको बढ्दो विवादका बारेमा छलफल गरेकी छन् । 

यसअघिको सचिवालय बैठकमा अध्यक्ष दाहालको तर्फबाट राजनीतिक प्रस्ताव पेस भएपछि अर्को दिन प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपतिलाई भेटेका थिए ।

नेकपामा विवाद बढेसँग राष्ट्रपतिको सक्रियता पनि बढेको छ । यसअघि पनि विवाद हुँदा राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिलाउन भूमिका खेल्दै आएकी थिइन् । उनले केही दिनअघि उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर पार्टी एकता बचाउन भूमिका खेल्न आग्रहसमेत गरेकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको