December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

ओेली र प्रचण्डकाे फरक रणनीतिले नेकपा फुटकाे खतरामा

  • 26
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक रोकेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” क्रुद्ध भएका छन् भने प्रचण्ड पक्षले कुनै हालतमा बैठक नरोक्ने अडान लिएकको छ ।

बैठक रोक्ने अध्यक्ष ओलीको सन्देश लिएर खुमलटार पुगेका महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडलले प्रचण्डसँग बैठक रोकेर सहमतिको प्रयास गर्न आग्रह गरेपनि प्रचण्डले अस्वीकार गरेको नेकपा निकट एक नेताले जानकारी दिएका छन् ।

ओली पक्षले प्रचण्डले प्रस्तुत गरेको छुट्टै प्रतिवेदन फिर्ता नगरेसम्म बैठक नराख्ने अडान लिएपछि यसबारे टकराव बढ्दै आएको छ । प्रचण्ड पक्षधरले भने कुनै हालतमा बैठक राख्ने तयारी गरेको छ ।

प्रचण्डले धुम्बाराहीमा बैठक राख्ने तयारी गरेका छन् । उनले प्रचण्डलाई बैठकमा डाक्ने र नआएमा आफैं अध्यक्षता गरेर अगाडि बढ्ने भएका छन् ।

प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले छलफल गरेर बैठक बसी स्थायी कमिटी डाक्ने तय गरेका छन् । १५ मंसिरमा केन्द्रीय कमिटी बैठक पनि बस्ने तय भएको छ । अब नेकपाभित्रको विवादको टुंगो पार्टी कमिटीबाट लगाउने गरी प्रचण्ड पक्षीय नेताहरु अगाडि बढेका छन् ।

सचिवालय बैठक रोक्ने ओलीको तयारीलगत्तै प्रचण्ड पक्षले बैठक गरेरै छाड्ने रणनीति लिएको छ । यसरी दुवै पक्ष एक अर्कालाई पेलेर जाने रणनीतिका साथ लागेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको