November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

महानगरले प्रतिबन्ध लगाएपनि खुलामञ्चमा खाना खुवाइयो

  • 44
    Shares

काठमाडौं, काठमाडौं महानगरपालिकाले मंसिर २ गते मंगलबारबाट खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेपनि हाम्रो टीम नेपालले आज खाना खुवाएको छ ।

स्वास्थ्य चुनौती र कोरोना संक्रमण फैलिने जोखिमका कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्ने भनिएपनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टीमले जनाएको छ ।

महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा भेला गराएर नभई कुनैपनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउने विषयमा हाम्रो टीम र महानगरबीच सम्झौता पनि भएको थियो । तर खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफुहरु बाध्य भएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले सञ्चारमाध्यमलाई बताएका छन् ।

हाम्रो टीम नेपालले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लागू गरेको लकडाउन पछि खाना खान नपाएर समस्यामा परका व्यक्तिहरुलाई चैत १४ गतेदेखि खाना खुवाउँदै आएको छ ।

असहाय, अशक्त र शारीरिक रूपमा काम गर्न नसक्नेलाई मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको महानगरले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको