December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

थप ५०२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ लाख ११ हजार नाघ्यो

  • 18
    Shares

काठमाडौं, पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको हो ।

देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३३९ जना काठमाडौं उपत्यकाका रहेका छन् ।हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।

उनीहरुमध्ये १ हजार २४७ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको