December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

तिहारकाे शुभकामनाका साथै सावधानी अपनाएर चाडपर्व मनाउन प्रधानमन्त्रीको आग्रह

  • 17
    Shares

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार पर्व तथा भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नु भएको छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग गाँसिएका पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप पूजा गर्ने प्रचलन रहेको उल्लेख गर्नु भएको छ । तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भएको छ ।प्रधानमन्त्रीले विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर चाडपर्व मनाउन समेत आह्वान गर्नु भयो ।

महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई सरकारले अगाडि बढाइरहेको उल्लेख गर्दै प्रधामन्त्रीले सन्देशमा सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताउनु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको