October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

नेपालमा थप १ हजार ४७७ जनामा कोरोना संक्रमित

काठमाडौं– नेपालमा आज थप १४७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६४७६ जनाको पीसीआर परीक्षणमा १४७७ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २७९८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने १ लाख ७३ हजार ४ सय ३० जना छन् । नेपालमा निको हुने दर ८२ दशमलव ७ प्रतिशत रहेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३५१२५ रहेको छ नेपालमा आजसम्म १६ लाख ९ हजार ७९ जनाको पीसीआर परीक्षण भएको छ भने पोजिटिभ केस २ लाख ९ हजार ७ सय ७६ जनामा भेटिएको छ ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १२२१ रहेको छ । संक्रमितमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।गत २४ घण्टामा काठमाडौं उपत्यकामा ८०७ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ६३२, भक्तपुरमा ४२ र ललितपुरमा १३३ जना संक्रमित थपिए । यस्तै हाल देशभर ३५ हजार १२५ जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १२२१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप  ६ जनाले ज्यान गुमाएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको