March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

डा केसीको सम्पुर्ण उपचार खर्च सरकारले बेहोर्छ: प्रम ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित भएका डा. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै डा. केसीको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने जानकारी गराएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले टुइटरमा लेखेका छन्,”कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।”

शीर्ष समाचार

धेरै पढिएको