April 16, 2024, Tuesday
२०८१ बैशाख ५, बुधबार

नेपालमा मृत्युदण्ड दिने कानुन निर्माण गर्न मिल्दैन: कानुनमन्त्री

काठमाडौं, नेपालमा मृत्युदण्ड दिने कानून निर्माण गर्न नमिल्ने कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले प्रस्ट पारेकी छन् । शुक्रबार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले यस्तो बताएकी हुन् ।

पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने सम्बन्धमा बहस भएपनि संविधानमा भएको व्यवस्था अनुरुप नेपालमा कुनैपनि घटनामा मृत्युदण्ड दिने कानून निर्माण गर्न नमिल्ने उनले बताएकी छन् ।

यस्तै यौन हिंसा सम्बन्धी घटनालाई समाज भित्रै मेलमिलाप गर्ने प्रवृतिले हिंसा न्यूनीकरणमा बाधा पुगेको उनले बताइन । मन्त्री तुम्बाहाङ्फेले कतिपय यौन हिंसा सम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने गरिएकाले यौन हिंसालाई प्रोत्साहन गरिरहेको बताइन् । खासगरी बलात्कार जन्य घटनाहरुमा समाज भित्रै मेलमिलाप गर्ने गरिएको पाइएको छ ।

यौंन हिंसा सम्बन्धी घटनाहरुलाई समाजभित्रै मेलमिलाप गर्नु हुँदैन भन्ने व्यवस्था ऐन कानूनमा नै गर्नुपर्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् । मेलमिलाप गराउने वा गर्नको लागि उत्साहित गर्ने व्यक्तिहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने व्यवस्था गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको छ ।

स्थानीय तहमा गठित न्यायिक समितिमा यस्ता घटनाको मेलमिलाप गर्नु हुँदैन भन्ने जानकारी भएको तर यस्ता घटनाहरु न्यायिक समितिमा आउनै नदिने गरी समाजभित्रै मेलमिलाप हुने गरेको उनले बताइन् ।

शीर्ष समाचार

धेरै पढिएको