सत्यवती १ अस्लेवाका २ युवाको आरडिटी पोजेटिब,पीसीआर जाँचको लागि स्वाब भैरहवा पठाईने

गुल्मी – सत्यवती गाउँ पालिका १ अस्लेवा मचाकोट,का ४५ वर्षीय र २२ वर्षीय २ जना पुरुषमा काेराेना भाईरस पाेजेटिभ देखिएकाे छ । सत्यवती गा.पा खैरेनिबाट आएको जनस्वाथ्य अधिकृतसहितको टोलीले जाँच गर्दा उनिहरुलाई आरडिटि पाेजेटिभ देखिएकाे हाे । थप पीसीआर विधिबाट जाँच गर्नका लागि स्वाब भैरहवा पठाइने भएको छ ।
ती दुई पुरुष १४ दिन अघि मात्र मोटरसाईकलमा भारतबाट आएका थिए र अस्लेवा मचाकोट को मचाकोट आधारभूत बिधालय को क्वाँरेनटाइनमा बसेकाे थिए । जानकारी सत्यवती गाउँ .पालिकाकाे जनस्वस्थय अधिकृत सूर्य रानाका अनुसार उनिहरुकाे रिपोर्ट एकहप्ता भित्र आऊने छ ।
प्रतिकृया दिनुहोस्