December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

थप २ हजार १११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

  • 1
    Share

काठमाडौँ, शुक्रबार नेपालमा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको हो ।


गत २४ घन्टामा कोरोनामुक्त भएर ३५ सय ३७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ८६ जना रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको