March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अमेरिकाद्वारा नेपाललाई एक सय थान भेन्टिलेटर हस्तान्तरण

काठमाडौं, कोरोना महामारीविरुद्धको लडाइँमा सहयोग पुर्‍याउन अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

भेन्टिलेटर हस्तान्तरणपछि राजदुत बेरीले सत्तरी वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द्व र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको बताएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्राप्त सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलालाई ७/७ वटाका दरले र बाँकी सरकारी अस्पताललाई दुई—दुई वटाका दरले वितरण गरिने बताए ।

भेन्टिलेटरका अतिरिक्त युएसआइडीले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श समेत दिएको छ ।

अमेरिकी राजदूत बेरीले असल र खराब दुबै समयमा अमेरिका नेपालको साथमा रहेको पनि बताए । उनले भने ‘ असल र खराब दुबै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति प्रतिवद्ध छ । 

शीर्ष समाचार

धेरै पढिएको