December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

बैतडिमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३७ जना गम्भीर घाइते

  • 5
    Shares

बैतडी, बैतडीको पाटन नगरपालिका ८ खोडपेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्युु भएको छ । गन्नादेखि महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस पाटन नगरपालिका ८ खोडपेमा बिहीबार राति दुर्घटना भएको हो ।


मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेका छन । बस सानो घुम्तीबाट बस ५ सय मिटर जति तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका एकजनाको पहिचान खुलेको छ भने चार जनाको नाम मात्रै खुलेको छ ।

बैतडीको दोगडाकेदार ६ का प्रहरी जवान रणवहादुर चन्दको परिचयपत्रका आधारमा सनाखत भएको हो । यस्तै नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल वडु र तारा गिरीको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी पठाइएको छ । २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको