November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

अनधिकृत रुपमा उत्पादन गरिएको करिब २ हजार लिटर स्यानिटाइजर नष्ट

  • 22
    Shares

विराटनगर, अनधिकृत रुपमा उत्पादन गरेको पाइएपछि एक महिनाअघि जफत गरिएको करिब २ हजार लिटर स्यानिटाइजर नष्ट गरिएको छ ।

विराटनगरस्थित ग्यालेक्सी डेण्टल एण्ड र्सर्जिकल प्रालिले उत्पादन गरेको स्यानिटाइजर गुणस्तरहिन रहेको र मेथानोल मिसाइएको पाइएपछि नष्ट गरिएको हो ।

औषधि व्यवस्था विभागबाट अनुमतिको प्रक्रिया समेत सुरु नगरी उत्पादन गरेर गोदाममा राखिएको अवस्थामा औषधि व्यवस्था कार्यालयले सो स्यानिटाइजर फेला पारेको थियो ।

योसँगै औषधी व्यवस्था कार्यालयको टोलीले सिता आयुर्वेद सुनसरी र मकालु जडिबुटी उद्योग सुनसरीले उत्पादन गरेको स्यानिटाइजर पनि गुणस्तरहीन पाइएपछि जफत गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको