December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार रहेको छ – पूर्व अर्थमन्त्री खतिवडा

  • 13
    Shares

काठमाडौं, मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार रहेको अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत एवं पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् ।

संसदीय सुनुवाई समितिमा डाक्टर खतिवडाले अमेरिकी अधिकारीहरुले विकासबाहेक अरु स्वार्थ नभएको भनेकाले नेपालमा उठेका विषयमा छलफल गरेर समझदारी बनाउन सकिने बताएका हुन् ।

आफूविरुद्ध परेका उजुरीहरुमा जवाफ दिँदै खतिवडाले शैलीगत रुपमा व्यक्तिगत कमी कमजोरी भएपनि नैतिक र आर्थिक रुपमा आफू कमजोर नभएको दावी पेश गरेका छन् ।

युएसएआईडीको ठूलो सहयोगलाई पनि नेपालको हित, प्राथमिकता र राष्ट्रिय बजेट प्रणालीमा ल्याउने प्रयास गर्ने उनले बताएका छन् । खतिवडाले एमसीसीबारे आफ्नो भूमिका फेरिएको पनि बताए । तर एमससीबारे बुझाइमा पनि केही समस्या रहेकाले विरोध भैरहेको उनले दावी गरे ।

शीर्ष समाचार

धेरै पढिएको