October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

कोरोनाको खोप तयार हुने बित्तिकै नेपाल भित्र्याउन सदस्यीय कार्यदल गठन

काठमाडौ, सरकारले कोरोना भाइरस संक्रमण विरुद्धको खोप तयार हुने बित्तिकै नेपाल भित्राउने भएको छ । खोपको परीक्षण सफल हुनासाथ भित्राउनका लागि सरकारले तीन सदस्सीय कार्यदल गठन गरेको हो ।

मन्त्रीपरिषद बैठकले कोरोनाको खोपका लागि कार्ययोजना स्वीकृत गर्दै खोप भित्राउने तयारीका लागि कोरोना विरुद्धको खोप यथाशक्य छिटो ल्याउन अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित टोली गठन गरेको हो ।

बैठकले कोरोना परिक्षण सहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा निःशुल्क गर्ने निर्णय गरेको छ । यस्तै बैठकले मन्त्रीपरिषदका सबै सदस्यको यस वर्षको चैत मसान्तसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीलाई हेर्दै सरकारी अस्पतालहरूलाई अनुदान उपलब्ध गराउन सरकारले तेस्रो संशोधन आदेशसमेत स्वीकृत गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको