November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

थप १ हजार ९१३ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या २ लाख ४ हजार नाघ्याे

  • 15
    Shares

काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४२ सय ४२ पुगेको छ ।

त्यसैगरी आज २ हजार ३४९ जनाकाे डिस्चार्ज भएको छ । याे सँगै नपालमा हालसम्म १ लाख ६४ हजार ५९२ जनाकाे सफल उपचार भई डिस्चार्ज भएको छ । पछिल्लाे २४ घण्टामा १० हजार २२ पीसीआर परीक्षण भएका छन् भने हालसम्म पीसीआर विधिबाट १५ लाख ८४ हजार २ सय १७ परीक्षण भएकाे मन्त्रालयले जनाएकाे छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको