November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

नेकपा सचिवालयको बैठक शुक्रबार बस्ने

  • 21
    Shares

काठमाडौं, सत्तारूढ दल नेकपाको सचिवालय बैठक भोलि शुक्रबार बस्ने तय गरिएको छ । महासचिव विष्णु पौडेलले भोली शुक्रबार दिउँसो चार बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमा भोलि बैठक बोलाइएको हो । यसअघि सचिवालयका असन्तुष्ट पक्षले पार्टी अध्यक्ष ओलीलाई तत्काल बैठक बोलाउन पटक पटक आग्रह गर्दा पनि यसअघि अस्विकार गर्दै आएका थिए । तर आज अर्का अध्यक्ष प्रचण्डको नेतृत्वमा बैठक बस्ने तयारी भएपछि ओलीको निर्देशनमा पौडेलले बैठक बोलाएका हुन् ।

नेकपामा अध्यक्ष प्रचण्डसहितका ५ नेताहरुले तत्काल बैठक बोलाउन ओलीलाई पटक पटक आग्रह गर्दा पनि उनले अस्विकार गरेपछि केही दिन अगाडि लिखित आग्रह गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको