December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

मापदण्डभित्र नपरेका गुणस्तरहिन एलइडी बल्ब बिक्रीमा रोक

  • 4
    Shares

काठमाडौं, मापदण्डभित्र नपरेका एलइडी बल्ब बिक्रीमा नेपाल गुणस्तर तथा नापतौल विभागले रोक लगाउने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १०५ औँ बैठकले गुणस्तरहिन एलइडी बल्बको बढ्दो बिक्री वितरणलाई ध्यानमा दिएर एलइडी बल्बको मापदण्ड तोकेको हो । विभागले एलइडी बल्बको आयु १५ हजार घण्टा तोकेको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बजारमा गुणस्तरहिन एलइडी बल्बको प्रयोग बढेकाले मापदण्ड तोकिएको जानकारी दिएका छन् । उनले भने “६ महिनाभित्र मापदण्ड पुरा नगर्ने बल्ब बिक्रीमा रोक लगाउँछौँ ।”

विभागका अनुसार विजुलीको खपतको समेत मापदण्ड बनेको छ । एलइडी बल्बमा आँखाकलाई प्रभाव नपार्ने लाइटिङ प्रणाली हुनुपर्ने मापदण्डमा छ ।

शीर्ष समाचार

धेरै पढिएको