December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

कलंकीमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु, एक घाइते

  • 1
    Share

काठमाडौं, काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि आज बिहान ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।


बल्खुबाट सीतापाइलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको ट्रकले सो पम्प अगाडि पार्किङमा राखेको बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे, नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ छन् । अर्का एक जनाको सनाखत हुन नसकेको बताइएको छ  ।

शीर्ष समाचार

धेरै पढिएको