November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

मलेसियामा एक नेपाली युवकद्वारा युवतीमाथि छुरा प्रहार गरि हत्या

  • 132
    Shares

क्वालालम्पुर, मलेसियामा आज एक नेपाली युवाले महिलामाथि छुरा प्रहार गरि हत्या गरेका छन् । मलेसियाको केलाङ शहरमा अवस्थित नेपाली रेस्टुरेन्टमा काम गर्ने एकजना नेपाली युवतीमाथि छुरा प्रहार गरि हत्या गरेको हो । मृतक महिला दार्जिलिङ भारतको भएपनि उनको राहदानी भने नेपाली रहेको स्थानीय प्रहरीले जनाएको छ ।

दर्शन नमस्ते नामक नेपाली रेष्टुरेन्टमा बिगत कैयौं बर्षदेखी कार्यरत पासपोर्टको नाम आईतमाया मगर र फेसबुकबाट चर्चित भएकी नाम चाहिँ आरती मगर नामक युवतीमाथी आक्रमण गरि एक नेपाली युवालेनै चक्कु प्रहार गरेर बुधबार साँझ करिब ०७:५० बजेतिर हत्या गरेको जनाईएको छ ।

रेष्टुरेन्टभित्रै बसेर मादक पदार्थ (रक्सी) सेवन गरिरहेको ति युवा आफैंले भारत सिक्किम निवासी नेपाली युवती आरतीमाथी चक्कु प्रहार गरि ज्यान लिएको र अहिले आफुपनि रक्सीको नशाले बेहोस भैइ अचेत अवस्थामा रहेको प्रत्येक्षदर्शीहरुले घटनास्थलबाट बताएको छ ।

घटनास्थलमा अहिले स्थानीय प्रहरी पुगेर घटनाबारे थप आवश्यक अनुसन्धान,छानबिन गरिरहेको र मृतकको शवलाई पोस्टमार्टमको लागी अस्पताल लैजाने तयारी प्रहरीले गरिरहेको जनाएको छ ।
घटनास्थलमा उपस्थित कतिपय प्रत्येक्षदर्शीहरुले जानकारी गराएअनुसार दुईजनै पुर्व प्रेमि-प्रेमिका रहेको र दुबैबिच एकआपसमा विवाद भैइ घट्ना घटेको हुन सक्ने अनुमान गरिएको छ ।

यस् घटनाबारे मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढा संग कुराकानी गर्दा उनले भने, “प्रहरी घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको छ , चक्कु प्रहार गर्ने नेपाली युवाबारे बिस्तृत जानकारी आउन पनि बाँकी रहेको छ । यस् घटनामा दोषी जो कोहि भएपनि कारवाही र अनुसन्धानको लागी दूतावासले सक्दो आवश्यक पहलकदमी चाल्ने छ ।”

शीर्ष समाचार

धेरै पढिएको