December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

थप २ हजार ५६९ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

  • 2
    Shares

काठमाडौं, बुधबार थप २ हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १७४ पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै गत २४ घण्टामा १६६६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको