November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

निजामती सेवाका विभिन्न प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन आह्वान

  • 1
    Share

काठमाडौं, बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा लोकसेवा आयोगले विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो ।

सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको