October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

नेकपाकाे बैठक सकियाे तर जुटेन सहमति

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा पार्टीको आन्तरिक विवाद समाधानका विषयमा छलफल भएको बताइएको छ ।

यसअघि गत शनिबार पनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्डसहित पाँच जना नेताको सामुहिक छलफल भएको थियो । तर बैठक बारे ओेलिकाे आनाकानी भएको भन्ने आराेप चलिरहेको छ।

सचिवालय बैठक बसी पार्टीको आन्तरिक समस्याबारेमा छलफल हुनुपर्ने प्रस्ताव अध्यक्ष प्रचण्डको रहेको उनको सचिवालयले जना पनि दुई अध्यक्षबीच भएको छलफलमा अझै केहि सहमति भने जुट्न नसकेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको