October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

आज राष्ट्रिय विभूति फाल्गुनन्दको जन्म जयन्ती मनाइँदै

काठमाडौं, आज किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्म जयन्ती विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।

विक्रम सम्बत १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दले समाज सुधारमा महत्वपूर्ण योगदान दिएका थिए । उनले किरात धर्मालम्वीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन शुरुवात गरेका थिए ।

उनको पहलमा पाँचथरका चोकमागुमा १९८८ मा गरिएको बृहत भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ ।

करिब नौ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए । उनले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको