November 29, 2020, Sunday
२०७७ मंसिर १५, सोमबार

अब काेराेनाकाे संक्रमितको उपचार नि: शुल्क गरिने

  • 11
    Shares

काठमाडौं – सरकारले कोभिड–१९ संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । साेमबार बसेकाे बैठकमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेकाे हाे ।

रअब नि: शुल्क उपचारको तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको पनि बताइएको छ । ‘प्रस्ताव स्वास्थ्य मन्त्रालयले गरेको र परीक्षण र उपचार निःशुल्क गर्नेसम्बन्धी विस्तृत खाका तयार पारी सर्वसाधारणलाई जानकारी गराउनेछ कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको थियो ।

सरकारले भने सबै नागरिकको निःशुल्क परीक्षण र उपचार गर्न नसकिने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन निवेदन दिएको थियो । सर्वोच्चले फैसला पुनरावलोकन नगर्ने निर्णय सुनाइसकेको छ । यसबीचमा अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई विपक्षी बनाई अवहेलना मुद्दासमेत दर्ता भएको थियो ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि संक्रमितको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको थियो । कोरोना परीक्षण र उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा मात्र हुने बुझिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको