December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

मन्त्रीहरुका यस वर्षको ५० प्रतिशत तलब कोरोना कोषमा जम्मा गरिने 

  • 22
    Shares


काठमाडौं, मन्त्रीहरुको आउँदो चैतसम्मको तलबको ५० प्रतिशत कट्टा गरी कोभिड–१९ कोषमा जम्मा गर्ने
सरकारले निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सो बैठकले कोभिडको खोप आयात गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहेको एक समिति गठन गरी त्यसका लागि आवश्यक प्रक्रिया थाल्ने निर्णय पनि गरेको छ ।

एक मन्त्रीका अनुसार सरकारले कोभिड संक्रमितको उपचार निशुल्क गर्ने निर्णय गरेको छ ।

योसँगै सरकारले बंगलादेशसँग मल खरिद गर्ने र मुलुकमै मल उत्पादनका लागि कारखाना खोल्ने प्रक्रिया सुरु गर्नका लागि अर्थ, परराष्ट्र र उद्योग मन्त्रालयलाई जिम्मेवारी तोकेको छ।

शीर्ष समाचार

धेरै पढिएको