December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

थप २ हजार ५७१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

  • 5
    Shares

काठमाडौं, सोमवार थप २ हजार ५ सय ७१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको हो ।

गत २४ घन्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण गर्दा १ हजार ५२० पुरुष र १ हजार ५१ महिलामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको