November 29, 2020, Sunday
२०७७ मंसिर १५, सोमबार

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई

  • 8
    Shares

काठमाडौं, नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिइएको छ । ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

उनले सोमबार नै पदबहाली गरेका छन् । कुलमान घिसिङको कार्यकाल सकिएपछि  मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो । त्यतिबेला शाक्य  ‘एनइए इन्जिनियरिङ कम्पनी’ मा काजमा गएका थिए ।

ऊर्जामन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको