November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

लौह पुरुष गणेशमान सिंहको आज १०६ औँ जन्म जयन्ती मनाइँदै

  • 1
    Share

काठमाडौं, आज लौह पुरुष गणेशमान सिंहको १ सय ६ औँ जन्म जयन्ती आज मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका सिंहको जन्मजयन्तीका अवसरमा विहान काठमाडौंको शोभा भगवतीमा उनको शालिकमा माल्यार्पण गरिएको छ ।

उनी आफ्नो जीवनकालमा कुनै पनि लाभको पदमा नबसी सेवा गरेकोले त्यागी नेताका रुपमा सम्झना गरिन्छ ।

सिंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठन तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले विभिन्न भर्चुअल कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना तथा २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनको नेतृत्वलगायतका भूमिकामा सिंहको अविस्मरणीय योगदान रहेको छ । सिंहले बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको