December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

पार्टीबाटै सरकारलाई असहयोग भयाे : प्रधानमन्त्री ओली

  • 10
    Shares

काठमाडौँ, कात्तिक २४ गते – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै सरकारलाई असहयोग भएको बतभएका छन् । पार्टी सचिवालय सदस्य माधवकुमार नेपाल लगायत नेतासँग आइतबार बालुवाटारमा छलफल गर्दै उनले पार्टीबाटै सरकारको आलोचना हुनु दुःखद भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन् ।

पार्टीभित्र आन्तरिक मतभेद देखिएपछि प्रम ओलीले नेपाल लगायतका नेतासित छलफल अघि बढाएको छ । बालुवाटारको छलफलमा सचिवालय सदस्य नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तको सहभागिता रहेकाे थियो ।

प्रधानमन्त्रीसितको छलफलमा सहभागी स्थायी कमिटी सदस्य पाण्डेले सरकारलाई असहयोग गर्ने शैली सच्याउनुपर्नेमा प्रधानमन्त्री ओलीकाे जोड रहेकाे बुझिएको छ । प्रधानमन्त्रीले पार्टीमा गुटगत राजनीति सुरु भएको र केही नेताले सरकारलाई असफल पार्ने षड्यन्त्र गरेकोमा चिन्ता व्यक्त गरेका थिए । छलफलमा नेताले प्रधानमन्त्री ओलीसँग आवश्यक छलफल गरी पार्टीको विवाद समाधान गर्न पहल गर्न आग्रह गरे ।

स्थायी कमिटी सदस्य पाण्डेले पार्टीमा देखिएको पछिल्लो विवाद कसरी समाधान गर्ने त्यसका बारेमा अध्यक्ष ओलीसँग छलफल भएको बताए । तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ, तपाईंले पहल गरेर ठोस रूपमा पार्टीभित्र देखिएका विवाद समाधान गर्न हामीले आग्रह गरेका छाै उनले भने ‘‘पार्टी कमिटी बैठक बोलाएर ठोस रूपमा समाधानको प्रस्ताव ल्याएर विवाद समाधान गरी अगाडि बढ्नुस् भनेका छौंँ ।’’ जबाफमा प्रधानमन्त्री ओलीले आवश्यक छलफल गरेर बैठक बोलाउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।

सचिवालय बैठक बोलाउन लिखित आग्रह गर्दै शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सचिवालयका पाँच सदस्यले प्रधानमन्त्री ओलीसँग भेट्नुभएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको