December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न मातहतमा सहकारीलाई आग्रह

  • 3
    Shares

काठमाडौं, मातहतमा रहेका सबै सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । कामपा सहकारी विभागले सो मितिसम्ममा साधारणसभा सम्पन्न गरी १५ दिनभित्र प्रतिवेदन ल्याउन आग्रह गरेको हो ।

कोरोना भाइरसका कारण धेरै सहकारीले साधारणसभा गर्न बाँकी रहेको अवस्थामा सहकारीहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्दै साधारणसभा सम्पन्न गर्न यस किसिमको आग्रह गरिएको विभागका उपनिर्देशक सुमन अधिकारीको भनाइ छ ।

सहकारीहरुले साधारणसभा ९कार्यव्यवस्था निर्देशिका, २०७६० बमोजिम गणपूरक सङ्ख्या पुर्‍याएर मात्र साधारणसभा गर्नुपर्नेछ ।

हाल कामपामा सञ्चालनमा रहेको एक हजार ८५६ सहकारी घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको छ । यसरी सहकारीलाई एकीकरण गर्नका लागि पनि साधारणसभा आवश्यक पर्छ । सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरुप कानूनीरूपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ ।

सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ । एकीकृत हुन चाहने दुईवटै सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । त्यसपछि कामपाले थप प्रक्रिया अघि बढाउने छ । सहकारी गाभ्न कामपाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ ।

शीर्ष समाचार

धेरै पढिएको