November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

थप २ हजार ८१७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ९४ हजार नाघ्यो

  • 6
    Shares

काठमाडौं, आइतबार थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ८ सय १७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

गत २४ घण्टामा कोरोनामुक्त भई २ हजार ८१२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको कुल संख्या १ लाख ९७ हजार ९२६ पुगेको छ । आजको पीसीआर टेस्ट १२ हजार ३११ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको