March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु

बैतडी, जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जीप शनिबार राति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

दुर्घटनामा परी दोगडाकेदार–३ श्रीकोटका जीपचालक २३ वर्षीय दीपक चन्द घाइते भएका छन् । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

जीपमा दुई जना मात्रै सवार रहेको बताइएको छ । जीप सडकबाट ४० मिटर तल खसेको प्रहरी स्रोतले जनाएको छ । जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको