November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

थप २ हजार ७५३ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

  • 6
    Shares

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २७ सय ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २२ सय ६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख ५५ हजार ११४ पुगेको छ ।


एकैदिन १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने एक हजार ८७ पुगेको छ छ ।  हाल देशभर सक्रिय संक्रमितको संख्या भने ३५ हजार ४३५ रहेको छ ।

अहिलेसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।  अहिले ११ सय ४४ जना क्वारेन्टिनमा रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको