November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

देउवा निवासमा नेपाली कांग्रेसका अनौपचारिक बैठक सुरु

  • 1
    Share

काठमाडौं, नेपाली कांग्रेसका वर्तमान तथा गुटगत आधारमा बोलाइएको केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक बूढानीलकण्ठमा सुरु
भएको छ । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सभापति शेरबहादुर देउवा निवासमा अनौपचारिक बैठक सुरु भएको हो ।

पार्टी विवाद मिलाउन आजको बैठकमा अन्तिम गृहकार्य भइरहेको काँग्रेस निकट एक नेताले जानकारी दिएका छन् । विवादका विषयमा नेताहरूले गुटगत रुपमा धारणा राख्दै आएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता भएको १६ बुँदे ज्ञापनपत्रकै पक्षमा धारणा राखिरहेका छन् । यता संस्थापन पक्षीय नेताहरुको भने ज्ञापनपत्रमा उठाइएका विषयहरूको प्रतिवाद जारी छ ।

शीर्ष समाचार

धेरै पढिएको