December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

प्रम ओलीलाई तत्काल सचिवालय बैठक बोलाउन प्रचण्डसहित ५ नेताको लिखित आग्रह

  • 16
    Shares

काठमाडौं, सत्तारुढ नेकपाका बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल सचिवालय बैठक बोलाउन आग्रह गरेका छन् ।

आज बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरुले लिखितरुपमै बैठक बोलाउन आग्रह गरेका हुन् । कार्यकारी अध्यक्ष दाहालसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सो पत्र बुझाउन शनिबार बालुवाटार पुगेका थिए ।

दुई दिनभित्र बैठक बोलाउन पार्टी अध्यक्षलाई लिखित आग्रह गरेपनि ओलीले भने बैठक बोलाउनेबारे कुनै प्रतिक्रिया नजनाएको नेताहरुले बताएका छन् ।

ओलीलाई भेट्नु अघि उनीहरुले धुम्बाराहीमा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले पनि शनिबार बिहान आफु निकट नेतासँग छलफल गरेका थिए । ओलीले पछिल्लो स्थायी कमिटी बैठकका निर्णयहरु एकपछि अर्को गर्दै उल्लंघन गरेकाले उनले विकल्प दिनुपर्ने असन्तुष्ट नेताहरुको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भने छलफलको औचित्य नभएको भन्दै बैठक बोलाउन अस्वीकार गर्दै आएका छन् । उनले पार्टी विभाजनको घोषणा गर्ने चेतावनी समेत दिएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको