March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्डसहित ५ सचिवालय सदस्य बालुवाटारमा

file photo

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” सहितका ५ सचिवालय सदस्य अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् ।

पार्टीभित्र आन्तरिक विवाद बढ्दै गइरहेको बेला सचिवालयका ५ नेताबीचको शुक्रबार बसेको अनौपचारिक बैठकले बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्ने र त्यसका लागि शनिबार उनलाई भेट्न जाने निर्णय गरेको थियो । 

नेताहरु पार्टी कार्यालय धुम्बाराहीमा बिहान भेला भएर बालुवाटार गएका हुन् । सचिवालयका ५ नेतामा प्रचण्डसहित माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका छन् । 
 

शीर्ष समाचार

धेरै पढिएको