November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

रौतहटमा कोरोना संक्रमण बढ्दै गएपछि पुनः निषेधाज्ञा

  • 1
    Share

रौतहट, कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले पुनः निषेधाज्ञा लगाएको छ । शुक्रबार रातिदेखि आउँदो मंसिर १७ गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।

तिहार, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा पालन गराउन जिल्ला समन्वय समितिको कार्यालय, सबै पालिका, व्यापारिक संघसंस्था, सामाजिक संघसंस्थालाई प्रशासनले आग्रह गरेको छ ।

निषेधाज्ञाका समयमा खेलकुद, नाच, मेला, भीडभाड, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, सभा जुलुस र प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ । मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक तथा सांस्कृतिक स्थलमा पनि दैनिक नित्य पूजाबाहेक गतिविधि सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यलयले निर्देशन दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको