November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

नेकपाका सचिवालय सदस्यहरुले आज प्रम ओलीसँग सामुहिक छलफल गर्ने

  • 27
    Shares

काठमाडौं, सत्तारुढ नेकपाका बहुमत सचिवालय सदस्यले आज सामुहिक रुपमा अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।

शुक्रबार बसेको प्रचण्ड पक्षीय बुहमत सदस्यको अनौपचारिक सचिवालय बैठकले आज अध्यक्ष ओलीसँग सामूहिक रुपमा भेटेर सचिवालयको औपचारिक बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको थियो । त्यसका लागि अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग पार्टीमा उत्पन्न संकटबारे छलफल गर्दैछन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित चार जना भने बैठकमा उपस्थित भएनन् । तर प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीकै सहमतिमा प्रचण्डले अनौपचारिक बैठक बोलाएको बताएका छन् ।

यस्तो अवस्थामा औपचारिक बैठक बोलाए पार्टी विभाजन गरे सरह हुने भन्दै प्रधानमन्त्री ओलीले चेतावनी दिएपछि अनौपचारिक बैठक बोलाइएको उनले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको