December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबिच शिष्टाचार भेटवार्ता 

  • 12
    Shares

काठमाडौं, भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री र नरवणेबीच भएको भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतीपय विषयमा दुई देशबीच रहेको समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेटअघि विहान नरवणेले माउन्टेन फ्लाइट गरेका थिए । नेपाली सेनाको हेलिकप्टरमार्फत् नरवणेले सगरमाथा क्षेत्रका उच्च हिमाली शृङ्खलाको अवलोकन गरेका हुन् ।

नरवणे विश्वकै अग्लो स्थान ३ हजार ८ सय ८० मिटरमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट गरी हिमालको दृष्य अवलोकन गरेर फर्किएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको