November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

हास्यकलाकार गजुरेलको स्वास्थमा समस्या, आईसीयुमा राखेर उपचार गरिँदै

  • 26
    Shares

काठमाडौं, कोरोना भाइरसबाट संक्रमित भएका हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालको आईसीयुमा राखिएको छ ।

घरमै आइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनी बुधबार अस्पताल भर्ना भएका थिए ।

गजुरलेमा अक्सिजनको कमी र फोक्सोमा संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई गत कार्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको