December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

पत्रकार सीताराम बर्माको निधन

  • 1
    Share

काठमाडौं, धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ । राष्ट्रिय समाचार समिति (रासस) का धादिङ जिल्ला समाचारदाता सीतारामप्रसाद बर्माको शुक्रबार बिहान उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको हो ।

किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए ।
नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए ।

गोरखा पुख्र्यौली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै छ ।

शीर्ष समाचार

धेरै पढिएको