April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

कुवेतमा बस दुर्घटना हुँदा एकै कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु

दोहा, कुवेतमा एउटा बस दुर्घटनामा परी दुईजना नेपालीको मृत्यु भएको छ । उनीहरू एउटै कम्पनीमा कार्यरत रहेकाे बताइएकाे छ ।

हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र जना ठेगाना नखुलेका पल बहादुर पुन रहेका छन् । घाइते भएर उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको नोभेम्बर ५ तारिखमा दिन मृत्यु भएको हाे ।

उनीहरू कार्यरत कम्पनीकाे बसलाई विपरीत दिशाबाट आइरहेको मालवाहक गाडीले ठक्कर दिँदा दुर्घटना भएको थियाे । साे क्रममा घाइते भएका ती दुवै जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

दूतावासका अनुसार उनीहरू दुवैजना कुवेतको सीजीजीसी कम्पनीमा कार्यरत थिए । काम सकेर कोठा फर्किने क्रममा दुर्घटना भएकाे थियाे । दूतावासले कम्पनीसँग समन्वय गरेर मृत दुवै जनाको शवलाई नेपाल पठाउने जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको