November 29, 2020, Sunday
२०७७ मंसिर १५, सोमबार

हुम्लाका १५० घरधुरी चार दिनदेखि अन्धकारमा

  • 10
    Shares

हुम्लाको सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युतको पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका छन् ।

साविकको डाडाफयाको जबुका, थाया, ओखरेन, चुकेडी र दलित बस्तीका गरी १५० घरधुरी अनधकारमा बस्दै आएको स्थानीय मन्दिर सिंहले सञ्चारध्यमलाई जानकारी दिएका छन् ।

अवरुद्ध भएको विद्युत् सेवा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरण कार्यायलमा जानकारी गराउँदा ठेकेदारले सडक चौडा गर्ने क्रममा पोल ढालेको हुनाले आफूहरुले मर्मत नगर्ने जवाफ दिएको उनले बताएका छन् । ठेकेदारले पनि पोल मर्मतप्रति कुनै चासो नदिएको बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको