November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

नेपालमा काेराेना संक्रमितको संख्या १ लाख ८५ हजार नाघ्याे, आज ३ हजार ५१ जना थपिए

  • 15
    Shares

काठमाडौं , नेपालमा काेराेना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ जना पुगेकाे छ । जसमध्ये बितेको २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे ।

आज थपिएको संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराए अनुसार देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।

बितेको २४ घण्टामा थप ३४३० जना डिस्चार्ज भएकाे छ। डिस्चार्ज हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यानकाे मृत्यु भएको छ।

शीर्ष समाचार

धेरै पढिएको